काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले ३ लाख २५ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।
उक्त शेयरमा बैंकको संस्थापक शेयरधनीले मात्रै खरीद आवेदन दिन सक्नेछन् । शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र सुनसरीको धरानस्थित बैंकको केन्द्रीय कार्यालय वा शेयर रजिष्ट्रार प्रभु क्यापिटलको काठमाडौं, कमलादीस्थित कार्यालयमा आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् ।
तोकिएको समयभित्र संस्थापक शेयरधनीको आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई शेयर विक्री गर्ने जानकारी बैंकले दिएको छ ।