काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेको छ । गत आवमा कम्पनी रू. २ करोड ६५ लाख नोक्सानीमा रहेकोमा चालू आवमा घटेर रू. १ करोड ८१ लाखमा कायम भएको हो ।
चालू आवमा कम्पनीको वित्तीय खर्च घटेकाले नोक्सानी केही घटेको हो । गत आवमा कम्पनीको वित्तीय खर्च रू. २ करोड ५० लाख रहेकोमा चालू आवमा घटेर रू. १ करोड ५९ लाखमा झरेको छ ।
त्यस्तै, कम्पनीको विद्युत् विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा सामान्य बढेकाे छ । गत आवमा कम्पनीको विद्युत् विक्री आम्दानी रू.२ करोड १४ लाख रहेकोमा चालू आवमा रू. २ करोड १५ लाख पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. ८० करोड २५ लाख छ । तेस्रो त्रैमाससम्ममा कम्पनीको रिटेन्ड अर्निङ भने रू. १८ करोड ३ लाख ऋणात्मक छ । कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी २ रुपैयाँ २७ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ ७७ रुपैयाँ ५३ पैसा छ ।