काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा बैशाख १८ गते हुने भएको छ । सभा होटल स्टार चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११ः३० बजेबाट शुरू हुनेछ । यस वर्ष पनि बैंकले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सञ्चालकहरुको निर्वाचन गर्ने एजेण्डा पनि रहेको छ ।
साधारण सभा प्रयोजनको लागि बैंकले बैशाख १० गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा बैशाख ९ गते सम्म कायम शेयरधनी साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।