काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले आइतवार ३१औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा सबै कर्मचारीलाई बैंकप्रतिको जिम्मेवारीमा प्रतिबद्ध रहन आग्रह गर्दै सपथ ग्रहण गराइएको थियो ।
कार्यक्रममा बोल्दै बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको उपलब्धिको बारेमा प्रकाश पारेका थिए । साथै उनले बैंकको दिगो प्रगति कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडाले बैंकको उपलब्धिमा पुर्याएको योगदान प्रति सबै कर्मचारीलाई धन्यवाद दिँदै निरन्तरताका लागि आग्रह गरेका थिए । प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्तले सबै सरोकारवाला तथा सहभागीलाई धन्यवाद ज्ञापन गरेका थिए ।