logo
नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा रहेको आफ्नो स्वामित्वको ९८ लाख कित्ता संस्थापक शेयर विक्री गर्दै एनआईसी एशिया बैंक
नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा रहेको आफ्नो स्वामित्वको ९८ लाख कित्ता संस्थापक शेयर विक्री गर्दै एनआईसी एशिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ९८ लाख कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

माघ ७ गते कम्पनीको उल्लेखि कित्ता शेयर विक्रीमा आएको हो । यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा मात्र विक्री खुला गरिएकोमा विक्री नभएपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गर्न लागेको हो ।

इच्छुक खरीदकर्ताहरले आगामी ७ दिनभित्र कम्पनीको कार्यालय बानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । यी शेयर खरीद गर्ने व्यक्ति संस्थापक समूहभित्रै रहने जानकारी कम्पनीले दिएको छ ।
 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.