काठमाडौं । सूचीकृत १५ फाइनान्स कम्पनीहरुमध्ये सर्वाधिक शेयर मूल्य भएको कम्पनी नेपाल फाइनान्स कम्पनी रहेको छ । यस कम्पनीको पछिल्लो शेयर मूल्य प्रतिकित्ता रू. २ हजार १५४ पुगेको छ । कम्पनीको शेयर मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो । बजार उकालो लाग्न शुरु हुुनुभन्दा अगाडि असार १६ गतेको शेयर मूल्य र पछिल्लो कारोबार दिन साउन १७ गतेको शेयर मूल्यसँग तुलनामा गर्दा यस फाइनान्सको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ ।
असार १६ गते यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९७० थियो । एक महीना अवधिमा कम्पनीको शेयर मूल्य १ हजार १८४ रुपैयाँले वृद्धि भएको छ । आइतवार कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४८ पैसा छ भने वितरणयोग्य नाफा रू. २० करोड ८२ लाख ऋणात्मक छ ।
यस आधारमा कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्न सक्दैन । तर कम्पनीको शेयर मूल्य दोस्रो बजारमा यस कम्पनीको शेयर मूल्य अस्वभाविक वृद्धि भएको छ । वित्तीय अवस्था नाजुक भएका कम्पनीको शेयर मूल्य अस्वभाविक बढ्दा लगानी जोखिममा हुने जानकारहरु बताउँछन् । लगानी गर्नु पूर्व कम्पनीको वित्तीय विवरण राम्रो सँग अध्ययन गर्नुपर्ने उनीहरुको भनाई छ ।
शेयर बजारमा माग र आपूर्तिका कारण मूल्य निर्धारण हुने भएकाले आपूर्ति कम हुँदासाथ त्यो कम्पनीको शेयर मूल्यमा माग उच्च भई शेयर मूल्य बढेको एक लगानीकर्ताले बताए । सोही कारण पनि पछिल्लो समय अधिकांश कम शेयर सख्या भएका कम्पनीको शेयर मूल्य उच्चदरले वृद्धि भएको देखिन्छ ।
पछिल्लो पटक नेपाल फाइनान्सले आर्थिक वर्ष २०६७/६८ मा २२ प्रतिशत बोनस शेयर र १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
शेयर मूल्य बढ्ने दोस्रोमा प्रोग्रेशिभ फाइनान्सको शेयर मूल्य असार १६ गते पछि २ सय ५३ रुपैयाँ ३ पैसा बढेको छ । यस कम्पनीको शेयर मूल्य असार १६ मा प्रतिकित्ता रू. ४०४ रहेकोमा पछिल्लो कारोबार दिन साउन १७ गते रू. ६५७ दशमलव ३ पुगेको छ । सूचीकृत सबै फाइनान्सको कम्पनीको शेयर मूल्य भएको छ । कम बढ्नेमा पोखरा फाइनान्सको ७२ रुपैयाँ ६ पैसा बढेको छ । यस कम्पनीको शेयर मूल्य असार १६ मा प्रतिकित्ता रू. ६०३ रहेकोमा पछिल्लो कारोबार दिन साउन १७ गते बढेर रू. ६७५ दशमलव ६ पैसा पुगेको हो ।
असार १६ मा सूचीकृत १५ फाइनान्स कम्पनीहरुमध्ये सात कम्पनीको शेयर मूल्य ५ सय भन्दा कम थियो । वेष्ट फाइनान्स,श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स,सेन्ट्रल फाइनान्स,समृद्धि फाइनान्स,गुहेश्वरी मर्चेण्ट,रिलायन्स फाइनान्स र प्रोग्रेशिभ फाइनान्सको शेयर मूल्य ५ सय मुनि थियो । तर अहिले यीमध्ये रिलायन्स फाइनान्सको शेयर मूल्य प्रतिकित्ता रू. ५७० छ भने बाँकी सबै कम्पनीको शेयर मूल्य ६ सय भन्दा माथि पुगेको छ ।
कम्पनीको नाम |
शेयर मूल्य रू. |
शेयर मूल्य वृद्धि रू. | |
साउन १७ गते |
असार १६ गते | ||
नेपाल फाइनान्स |
2154 |
970 |
1184 |
प्रोग्रेशिभ फाइनान्स |
657.3 |
404 |
253.3 |
मञ्जुश्री फाइनान्स |
768 |
530.1 |
237.9 |
समृद्धि फाइनान्स |
670 |
437 |
233 |
गोर्खाज फाइनान्स |
931 |
700 |
231 |
श्री इन्भेष्टमेन्ट फाइनान्स |
686 |
457.4 |
228.6 |
गुडवील फाइनान्स |
812 |
588 |
224 |
गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स |
655 |
431.4 |
223.6 |
सेन्ट्रल फाइनान्स |
675 |
452 |
223 |
जानकी फाइनान्स |
815 |
596 |
219 |
आइएसीएफसी फाइनान्स |
767 |
559 |
208 |
मल्टीपर्पस फाइनान्स |
675 |
510 |
165 |
वेष्ट फाइनान्स |
632.5 |
470 |
162.5 |
रिलायन्स फाइनान्स |
570 |
427.7 |
142.3 |
पोखरा फाइनान्स |
675.6 |
603 |
72.6 |
स्रोत: नेप्से