काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आगामी मंसिर १० गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्यांकेटमा बिहान साढे १० बजे सभा शुरू हुनेछ । कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
सभाले गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २८ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा कात्तिक २७ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् ।