काठमाडौं । आइतवार करीब ३ प्रतिशत बढेको नेप्से स्थिर बनेर बन्द भएको छ । अघिल्लो कारोबार दिनभन्दा नेप्से परिसूचक सोमवार शून्य दशमलव शून्य ८ प्रतिशतले बढेको भए पनि यसलाई स्थिर नै मान्न सकिन्छ ।
अंकका हिसाबमा २ दशमलव ४१ अंकले बढेर नेप्से परिसूचक २ हजार ७३० विन्दुमा बन्द भएको हो । यो दिन नेप्से २ हजार ७६४ दशमलव १७ विन्दुसम्म पुगेको थियो भने २ हजार ७२० दशमलव ४२ विन्दुसम्म झरेको थियो ।
बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सोमवार ९७ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने १३७ कम्पनीको घटेको छ । यो दिन ८ कम्पनीको धितोपत्र मूल्य भने स्थिर बनेको छ । यस दिन उपकार लघुवित्त र भुगोल ईनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेको छ भने सन्राइज फोकस्ड इक्वीटी फण्डको इकाई मूल्य ९ दशमलव शून्य २ प्रतिशत बढेको छ । ग्रीन डेभलपमेन्ट बैंक र रिभर्स फल्सको शेयरमूल्य भने १० प्रतिशत घटेको छ ।
अघिल्लो दिनको तुलनामा यो दिन कारोबार रकम घटेको छ । आइतवार १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँभन्दा बढीको २ करोड ४८ लाख ४८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा सोमवार ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँभन्दा बढीको २ करोड ३७ लाख ७० हजारभन्दा कित्ता धितोपत्र कारोबार भएको हो ।
कुल कारोबारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक हिस्सा रहेको छ । यस कम्पनीको ३५ करोड ३० लाख ७५ हजार रुपैयाँभन्दा बढीको २ लाख ५९ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयर मूल्य ३ दशमलव १६ प्रतिशत घटेर अन्तिम मूल्य प्रतिकित्ता १ हजार ३४६ रुपैयाँ कायम भएको छ ।
सोमवारको कारोबारमा बैंकिङ समूहको परिसूचक शून्य दशमलव ५४ प्रतिशत बढेको छ भने जीवन बीमाको शून्य दशमलव ६७ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव २७ प्रतिशत, लघुवित्तको शून्य दशमलव १० प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ७८ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ८२ प्रतिशत र व्यापारिक समूहको शून्य दशमलव ७९ प्रतिशत बढेको छ ।
यो दिन विकास बैंकको परिसूचक शून्य दशमलव ३९ प्रतिशत घटेको छ भने वित्तको १ दशमलव शून्य ७ प्रतिशत, होटल तथा पर्यटनको शून्य दशमलव शून्य १ प्रतिशत, जलविद्युतको शून्य दशमलव ४८ प्रतिशत, लगानीको शून्य दशमलव ४७ प्रतिशत र अन्यको शून्य दशमलव ६० प्रतिशत घटेको छ ।
कुल बजार पूँजीकरण अघिल्लो कारोबार दिनभन्दा ४ अर्ब रुपैयाँभन्दा बढीले मात्र वृद्धि भएको छ । अघिल्लो कारोबार दिन ४५ खर्ब २५ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण सोमवार ४५ खर्ब २९ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी कायम भएको हो ।