काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको ११औं वार्षिक साधारणसभा असोज १३ गते हुने भएको छ । भदौ १८ गते बसेको कम्पनीको सञ्चालक समितिले काठमाडौंको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्यूमा बिहान ९ बजेदेखि सभा गर्ने निर्णय गरेको हो ।
सभामा हकप्रद शेयर, संस्थागत सुशासन प्रतिवेदन, सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका वित्तीय विवरणका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र गत आवमा सञ्चालक समितिबाट भएको निर्णय अनुमोदन गर्ने प्रस्ताव समावेश छन् ।
साथै मर्जरका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाका लागि तय भएको छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले भदौ ३१ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त बुक क्लोजको आधारमा भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी मात्रै सभामा उपस्थित हुन सक्नेछन् ।