काठमाडौं । बजार व्यवस्थापन तथा विक्री कर्मचारी संघ (ओम्स) नेपालले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका लागि संघसंस्था समन्वय उपसमिति गठन गरेको छ ।
संस्थाले युवराज खनालको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरेको हो । समितिको सदस्यहरूमा प्रमित पराजुली, लक्ष्मण केसी, मणिराज बराल, विश्वराज अर्याल, प्रमिला भण्डारी र माया श्रेष्ठ रहेको संस्थाका उपमहासचिव जनक ढकालले जानकारी दिए ।
संस्थाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी भदौ ८ गते बुटवलमा हुने भएको छ ।