पाकिस्तान । पाकिस्तानमा बिहीवार भएको आमनिर्वाचन (राष्ट्रियसभा र प्रान्तीय चुनाव)को मतदान समाप्त भएपछि मतगणना जारी छ । सार्वजनिक मतपरिणाम अनुसार पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)लाई समर्थन गर्ने स्वतन्त्र उम्मेदवारहरूले अग्रता लिएका छन् ।
यसकारण पाकिस्तानको नयाँ बन्ने सरकारको नेतृत्वसमेत खानकै पार्टीले गर्ने आँकलन गरिएको छ । मिडिया रिपोर्टअनुसार खानले आफ्नो दलले नयाँ सरकार बनाउने बताइसकेको समेत उल्लेख गरेका छन् । तर, आधिकारिक नतिजा आज मात्रै आउने अपेक्षा गरिएको छ । बिहीवार बिहान ८:३० बजेदेखि शुरू भएको मतदान साँझ ५:३० बजेसम्म चलेको थियो ।
पाकिस्तानको राष्ट्रिय सभामा कुल ३३६ सिट छन्। जसमध्ये २६६ सिटमा निर्वाचन हुँदैछ । बाँकी सिट आरक्षित छन् । पाकिस्तानमा मुख्यतया ३ दलबीच प्रतिस्पर्धा छ । जसमा पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन), पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई), र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) पर्छन्।
मिडिया रिपोर्टका अनुसार अहिलेसम्म इमरानलाई समर्थन गर्ने स्वतन्त्र उम्मेदवारहरू प्रारम्भिक प्रवृत्तिमा अगाडि छन् । इमरान खानको पार्टी पीटीआईले समर्थन गरेको १ सय ५४ उम्मेदवार अगाडि छन् भने बाँकी दुवै दल ४७ सिटमा अगाडि छन् ।
निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गर्न ढिलाइ गरिरहेको समेत बताइएको छ । मतदानका क्रममा देशभर मोबाइल र इन्टरनेट सेवा करिब केही घण्टा बन्द रहेको थियो। एजेन्सीको सहयोगमा