काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले कपिलवस्तुको मायादेवी गाउँपालिका–१, पकडीमा तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी एक्स्टेन्सन काउन्टर शुरू गरेको छ । उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन लुम्बिनी प्रदेशको क्षेत्र नं. १ (ख) का प्रदेशसभा सदस्य मधुसूदन सरन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक लवप्रसाद कुइकेलले संयुक्त रूपमा गरेका थिए ।
बैंकका प्रादेशिक प्रबन्धक कुइकेलले बैंकहरू विश्वासको सहयात्री भएकोले पकडी र सो आसपासका बासिन्दालाई सबल, सरल, उत्कृट, अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे । उनले पञ्जाब नेशनल बैंक, भारतसँग सहकार्य रहेको बैंकले यस क्षेत्रका व्यवसायी, भारतीय पेन्सनरहरूका साथै स्थानीय बासिन्दालाई बैंकिङ कारोबारमा थप सहज हुने विश्वास व्यक्त गरे । सर्वसाधारणले शुरूका तीन महीनामा उक्त एक्स्टेन्सन काउन्टरबाट विभिन्न अफर समेत प्राप्त गर्ने बताइएको छ ।