काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्याशहरूको अनुसरण गर्ने भएको छ । यसै सन्दर्भमा बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिबद्धता समेत प्रकट गरेको छ ।
यो वातावरणमैत्री पहल बैंकको कर्पोरेट कार्यालयबाट प्रारम्भ भर्ई सबै प्रादेशिक कार्यालयमार्फत मुलुकभरका सम्पूर्ण शाखा कार्यालयमा विस्तार हुने बताइएको छ । बैंकले स्थापनाकालदेखि नै प्लास्टिक खपत न्यूनीकरण गर्ने र प्लास्टिक प्रदुषणविरुद्ध सचेतना फैलाउने विभिन्न क्रियाकलाप गर्दै आएको छ । बैंकले ३५४ शाखा, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ ओटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ ।