काठमाडौं । भारत सरकारले आज (शनिवार) देखि लागू हुने गरी प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगाउने भएको छ । साथै, अघि जारी गरेको बिल अफ एन्ट्रीले कभर गरेको पहेंलो मटरको आयातमा भन्सार छुट आगामी अक्टोवर सम्मलाई थप गरेको छ। ३१ मार्च २०२५ सम्मका लागि देशी चनाको आयातमा भन्सार छुट पनि दिएको छ ।
भारतीय अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै प्याज निर्यातमा प्रतिबन्ध लगाइएको जनाएको हो । सरकारले भारतका मित्र राष्ट्रहरू युएई र बंगलादेशमा निश्चित मात्रा प्याज निर्यातकोअनुमति दिएको जनाइएको छ।
गत वर्ष अगस्टमा पनि भारतले ३१ डिसेम्बर २०२३ सम्म प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगाएको थियो। यसरि भारतले निर्यातमा शुल्क बढाउँदा प्याजमा भारतसंग आश्रित रहेको नेपाली बजारमा समेत यसको असर पर्ने देखिएको छ ।
थप समाचारहरू हेर्नुहोस्
भारतले निर्यात कर लगाएपछि बजारमा प्याज हाहाकार, दुई दिनमा किलोमा ३५ रुपैयाँ वृद्धि !
आलु र प्याजमा भ्याट लगाएर सरकारले महँगी बढाउन खोजेको व्यवसायीको आरोप
प्याज मिशन तुहियो, समस्या चुलियो
प्याज निर्यातमा भारतको प्रतिबन्ध : नेपाली व्यापारीले मनपरी मूल्य तोक्न थाले