सहकारी ठगी प्रकरण : रास्वपा सभापति लामिछानेलाई घरौटीमा छाड्ने अदालतको आदेश

फाइल तस्वीर ।

Share News

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश भएको छ । 

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले बिहीवार (आज) लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।

लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा दायर भएको छ । सोही मुद्दामा लामो बहसपछि आज थुनछेक आदेश आएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।