काठमाडौं। नेको इन्सुरेन्स लिमिटेडले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । सो क्रममा कम्पनीले नेपाल रेडक्रस सोसाइटी, वाणगंगा उपशाखा कपिलवस्तुलाई एम्बुलेन्स सहयोग गरेको छ । कम्पनीका अध्यक्ष सूर्यप्रसाद सिलवालले आइतवार एक कार्यक्रमका बीच रेडक्रस सोसाइटी, वाणगंगा उपशाखाका सभापति शंकर पाण्डेलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।
कम्पनीले व्यवसायका साथै समाज सेवाको लागि समय समयमा विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रम पनि गर्दै आएको छ । यसअघि कम्पनीले सिरहाको सामुदायिक अस्पताललाई यन्त्र उपकरण सहयोग, तनहुँ बन्दीपुरको सामुदायिक अस्पतालको भवन निर्माणका लागि सहयोग प्रदान गरेको थियो ।
कम्पनीले विगतदेखि नै आफ्नो सेवा प्रवाहका क्षेत्रमा निरन्तर वृद्धि गर्दै बीमाशुल्क, दाबी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानी लगायतका सूचकांकमा उल्लेख्य वृद्धि गर्दै आएको बताइएको छ ।