काठमाडौं। शाओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल–नयाँ नोट’ विशेष अफर कायमै राख्ने भएको छ । अफरअन्तर्गत रेड्मी नोट १३ सिरिजमार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै कम्पनीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको बताएको छ ।
अफरअन्तर्गत रेड्मी नोट १३ को खरीद गर्ने ग्राहकले रेड्मी बड्स ४ एक्टिभ नि:शुल्क प्राप्त गर्न सक्नेछन् । त्यस्तै रेड्मी नोट १३ प्रो प्लस फाइभ जी खरीद गर्दा रेड्मी बड्स ४ एक्टिभ १ हजार ६९९ रुपैयाँमा वा रेड्मी वाच ३ एक्टिभ ३ हजार ४९९ रुपैयाँमा प्राप्त गर्न सक्ने बताइएको छ । यस अफरअन्तर्गत रेड्मी नोट १३ प्रोका दुवै भेरियन्टमा छूटको व्यवस्था गरिएको बताइएको छ । ८ जीबी प्लस २५६ जीबी भेरियन्ट ३२ हजार ९९९ र १२ जीबी प्लस ५१२ जीबी भेरियन्ट ३५ हजार ९९९ रुपैयाँमा मूल्य कायम गरिएको बताइएको छ ।