काठमाडौं । चीनको स्मार्टफोन कम्पनी रियलमीको रियलमी सी ५१ ४+१२८ जीबीको स्टोरेज क्षमताको नयाँ भेरिएन्ट बजारमा उपलब्ध भएको छ । उक्त स्मार्टफोनको मूल्य रु. १४ हजार ४९९ रहेको कम्पनीले जनाएको छ ।
५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा सहितको उक्त स्मार्टफोनले प्रयोगकर्तालाई फोटोग्राफीको डाइमेन्सन एक्स्प्लोर गर्ने अवसर दिने र कम उज्यालोमा पनि उच्च क्ल्यारिटी डिटेल्ड तस्वीर खिच्ने कम्पनीको भनाइ छ ।
उक्त स्मार्टफोन ७.९९ एमएम अल्ट्रा स्लिममा उपलब्ध छ । ३३ वाट क्विक चार्जको सुविधा भएको उक्त स्मार्टफोनमा ५ हजार एमएएचको ब्याट्री राखिएको छ, जसले गर्दा दिनभरी फोन चलाउँदा पनि समस्या नहुने कम्पनीले जनाएको छ ।
उक्त स्मार्टफोनमा १७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइज छ, जसले प्रयोगकर्तालाई उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।
रियलमीको ४+६४ जीबी स्टोरेज क्षमताको भेरिएन्ट पनि बजारमा उपलब्ध छ, यसको मूल्य रु. १३ हजार ४९९ रहेको कम्पनीले जनाएको छ ।