काठमाडौं। डिजिटल वालेट ‘आइएमई पे’मार्फत सामसङका सबै प्रकारका मोबाइल फोन ‘बाइ नाउ पे लेटर’ फिचरमार्फत शून्य प्रतिशत ब्याजदरसहितको ईएमआईमा खरीद गर्न सकिने सुविधा सार्वजनिक गरेको छ ।
हुलास फिन सर्भसँगको सहकार्यमा ल्याइएको यस अफरअन्तर्गत आइएमई पेका प्रयोगकर्ताले ४० प्रतिशत डाउन पेमेन्ट गरी सामसङको सबै प्रकारका मोबाइल फोन शून्य प्रतिशत ब्याजदरसहितको ईएमआईमा खरीद गर्न सक्नेछन् ।
हालको लागि काठमाडौं उपत्यकामा मात्रै लागू गरिएको यो सुविधा लिन सेवाग्राहीले आइएमई पे एपमा रहेको ‘बाइ नाउ पे लेटर’ अप्सनमा गई सोधिएको विवरण भरेर आफूले चाहेको मोबाइल फोन छनोट गरी ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने बताइएको छ ।
परम्परागत वित्तीय सेवालाई डिजिटलाइज गर्दै आइएमई पेले विभिन्न भुक्तानी सेवालाई आफ्नो एपमा अद्यावधिक गर्दै सेवाग्राहीलाई थप सुविधा प्रदान गर्दै आएको बताएको छ ।