साना किसान र आरएमडीसी लघुवित्तलाई एक आपसमा मर्जरमा जान राष्ट्र बैंकको स्वीकृति

Share News

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभिन राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका छन् ।

राष्ट्र बैंकले जेठ २४ गते यी दुई कम्पनीलाई एक आपसमा गाभिने अन्तिम स्वीकृति प्रदान गरेको हो । साना किसान र आरएमडीसी लघुवित्तले गत भदौ ३१ गते एक आपसमा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । यी दुई कम्पनीले १ः०.८७ शेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति गरेका हुन् ।  


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।