logo
सानिमा मिडिल तमोर यो वर्ष २१ करोडभन्दा बढी नाफामा
सानिमा मिडिल तमोर यो वर्ष २१ करोडभन्दा बढी नाफामा
२४ बैशाख २०८२

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २१ करोड १४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म २ करोड ९५ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनी यस वर्ष भने खुद नाफामा गएको हो । गत वर्ष यस अवधिसम्म विद्युत विक्री आम्दानी नगरेको कम्पनीले यस वर्ष भने १ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको विद्युत विक्री आम्दानी गरेसँगै कम्पनी खुद नाफामा रहेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँ छ । रिटर्न अर्निग १३ करोड ८४ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अन्य जगेडाकोषमा भने ४ लाख ९१ हजार रुपैयाँ कायम छ । कुल सम्पत्ति १३ अर्ब ९४ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको कुल दायित्व रकम १० अर्ब ४७ करोड रुपैयाँभन्दा बढी रहेको छ । प्रतिशेयर आम्दानी ६ रुपैयाँ ३४ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ चने १०४ रुपैयाँ १७ पैसा छ ।
 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.