सानिमा रिलायन्स लाईफले प्रस्ताव गर्‍यो १८.३८११ प्रतिशत लाभांश

Share News

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले अघिल्लो आर्थिक वर्ष ०७९/८० को लाभांश प्रस्ताव गरेको छ ।

भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १८ दशमलव ३८११ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ । 

कम्पनीलाई ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने अवस्थामा आकर्षक बोनस शेयर वितरण गर्ने तयारी गरेको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।