काठमाडौं । काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा फोटो तथा बृहत् प्रदर्शनी चलिरहेको छ ।
सेना दिवस २०८१ को अवसरमा गत मंगलवार शुरु भएको प्रदर्शनीमा सेनाको विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो, हातहतियार, पोसाक, उपकरणहरू राखिएका छन् ।
आम नागरिकलाई सेनाबारे विविध विषयहरूबारे जानकारी दिने उद्देश्यले नेपाली सेनाले प्रदर्शनी आयोजना गरेको हो ।
प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालयहरू, राष्ट्रिय सेवा दल लगायतका गतिविधिहरू समेट्ने गरी कुल २९ वटा स्टलहरू राखिएका छन् । प्रदर्शनी आज सम्पन्न हुँदैछ ।