शिखर इन्स्योरेन्सको २०औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

Share News

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको थापाथलीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा गत मंगलवार वार्षिक सभा सम्पन्न भएको हो ।

उक्त सभाले कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै सभाले आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकमा जि.पि. राजबाहक एण्ड कम्पनीलाई चार्टड एकाउण्टेण्टसमा नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।