श्रीपञ्चमीमा सरस्वतीको पूजा, अक्षरारम्भ र मेला [तस्वीरहरू]

Share News

काठमाडौं । श्रीपञ्चमीको अवसरमा बुधवार देशभरका मठमन्दिर तथा विद्यालयमा विद्याकी देवी सरस्वतीको पूजाआजा गरि मनाइँदै छ । 

वसन्त ऋतुको शुरुआत हुने भएकाले वसन्त पञ्चमी समेत भनिने यस दिन सरस्वतीको पूजा गर्दा बुद्धि, विवेक बढ्ने विश्वास छ । काठमाडौंको स्वयम्भूस्थित सरस्वती मन्दिर लगायत अन्य मन्दिरमा पनि बिहानैदेखि भीड लागेको छ । 

काठमाडौंलगायत देशभरका विभिन्न विद्यालयमा पनि सरस्वती पूजा गरिएको छ । विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आज अक्षरारम्भ पनि गराइएको छ ।

श्रीपञ्चमीको अवसरमा भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित सुडालको महामञ्जुश्री सरस्वती मन्दिर (ल्हासा पाक्व सः स्युद्यः) मा पनि बिहानैदेखि मेला लागेको छ । महामञ्जुश्रीले तपस्या गरेको स्थानमा सरस्वती उत्पत्ति भएर वरदान दिएको किम्बदन्ती छ । काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेलगायतका क्षेत्रबाट यस मन्दिरमा दर्शनार्थी आउने गरेका छन् । 

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।