काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ५ लाख ९० हजार १८७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । प्रतिशेयर १७० रुपैयाँ अंकित मूल्यमा विक्रीमा ल्याइएका यी शेयर खरीदका लागि जेठ ३ गतेभित्र आवेदन पेस गर्नुपर्नेछ ।
इच्छुक खरीदकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्दै आवेदन पेस गर्नुपर्नेछ । यी शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीले वैशाख १७ गतेपछि कम्पनीले लाभांश र हकप्रद शेयरसमेत प्राप्त गर्न योग्य हुने जानकारी कम्पनीले दिएको छ ।
यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ । यी शेयर यसअघि विद्यमान संस्थापक शेयरधनीमा विक्री खुला गरी वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागिएको हो ।