काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात् वैशाख १९ देखि ३१ गतेसम्म बुक क्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले वैशाख ३१ गते नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा साधारण सभा बोलाएको हो । सो सभा बिहान ८ बजे शुरु हुनेछ ।
सभाले दुई आर्थिक वर्षको लागि हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस शेयर र शून्य दशमलव ५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।