काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलवार (आज) सिईडिबि हाइड्रोपावर कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
कम्पनीको ११ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ७२९ दशमलव ७३ कायम भएको छ ।
नेप्सेले मंगलवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । मंगलवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८१० मा अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यलाई आधार मानेर आगामी बिहीवार कम्पनीको शेयर कारोबार खुल्नेछ ।