काठमाडौं । सिंगापुरमा रहेर व्यवसाय गरिरहेका नेपाली मूलका व्यवसायी चन्द्रप्रकाश (सीपी) खेतानले त्यहाँको डक्सटन रिजर्भ होटल खरीद गरेका छन् ।
उनले गार्चा ग्रुपले सञ्चालन गरिरहेको आफ्नो कम्पनी लोटस वान इन्भेष्टमेन्टमार्फत ८० मिलियन सिंगापुर डलर (करीब ८ अर्ब ४४ करोड रुपैयाँ)मा उक्त होटल खरीद गरेका हुन् ।
४९ ओटा कोठा रहेको यो होटल म्यारियट ग्रुप अन्तर्गतको अटोग्राफ कलेक्सन ब्राण्डको व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ ।
सतिन्द्र गर्चाले सन् २०१३ मा ५० मिलियन सिंगापुर डलरमा उक्त होटल किनेका हुन् ।