काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र काठमाडौंस्थित स्तूपा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडबीच छूटसम्बन्धी एक समझदारीपत्र हस्ताक्षर भएको छ ।
सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले स्तूपा स्वास्थ्य सेवा सहकारी संस्थामा १०% सम्मको छूट पाउने बैंकले आइतवार (आज) जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यस सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।
डिजिटल कारोबार गर्दा पाइने छूटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग इकाईबाट १७ लाख ५० हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।