ठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिला र तिनका बालबालिकाको लागि काम गर्दै आएको धनगढीस्थित दृष्टि फाउण्डेसन नेपाललाई सहयोग गरेको छ । संस्थामा ६५ जना महिला र तिनका बालबालिका आश्रित रहेको बताइएको छ ।
संस्थालाई बैंकले करीब २ महीनालाई पुग्ने गरी सरसफाइ तथा उपभोग्य सामग्री उपलब्ध गराएको हो । संस्थामा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग सामग्री संस्थालाई हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थाले मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिला र तिनका बालबालिकाको हेरचाहमा गरेको प्रयासको प्रशंसा गर्दै संस्थाको अभियानसँग जोडिन पाउँदा खुशी व्यक्त गरे ।