काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)को गाईघाट शाखाले बीमासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले खोटाङ बराह पोखरी गाउँपालिकाको बाघखोर भञ्ज्याङमा गत सोमवार र मंगलवार पशु तथा कृषि बीमासम्बन्धी कार्यक्रम गरेको हो । कार्यक्रममा वडा नं १ देखि ६ सम्मका ३६ जना कृषक सहभागी भएको बताइएको छ । कार्यक्रममा पशु तथा कृषि बीमाको महत्त्व, दाबी प्रक्रिया लगायत विषयमा जानकारी गराइएको थियो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.