सुनको मूल्य तोलामा दुई सयले बढ्यो

Share News

काठमाडौं । स्थानीय बजारमा आज (सोमवार) सुनको मूल्य तोलामा रु दुई सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार प्रतितोला रु १ लाख ४६ हजार ७०० मा कारोबार भएको छापावाल सुन आजका लागि भने रु १ लाख ४६ हजार ९०० मूल्य निर्धारण भएको छ । 

यस्तै, आइतवार प्रतितोला रु १ लाख ४६ हजारमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि रु १ लाख ४६ हजार २०० निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु १ हजार ८७५ मा कारोबार भएको चाँदीको मूल्य आज रु १ हजार ८८५ निर्धारण गरिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।