सुनको मूल्यमा आज फेरि कीर्तिमान, तोलाको कति छ बजार भाउ ?

Share News

काठमाडौं । सुनको मूल्यमा आज फेरि कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको १ लाख ५७ हजार ३०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च हो । 

यसअघि गत आइतवार पनि सुनको मूल्यमा कीर्तिमान कायम भएको थियो । सो दिन सुन तोलाको १ लाख ५६ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । 

पछिल्ला दिनमा सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । गत शुक्रवार पनि सुनको भाउमा कीर्तिमान बनेको थियो । उक्त दिन सुन तोलाको १ लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।   

बिहीवारयता मात्रै सुनको भाउ तोलामा ४ हजार रुपैयाँले बढिसकेको छ । गत बिहीवार सुनको मूल्य तोलाको १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।