काठमाडौंं। नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर प्रत्याभूति गर्ने भएको छ । मंगलवार शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सुपर खुदीका सञ्चालक वटु लामिछानेले हस्ताक्षर गरेका हुन् । सुपर खुदीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७५ लाख ९५ हजार कित्ताबराबर हुने ७५ करोड ९५ लाख रुपैयाँको शेयर कोषले प्रत्याभूति गर्ने बताइएको छ ।
सम्झौता कार्यक्रममा कोषका कायम मुकायम नायब कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र हाइड्रोपावरका उच्च व्यवस्थापक सहभागी थिए । कोषले विभिन्न कम्पनीहरूको शेयर प्रत्याभूति गर्दै आएको छ ।