सुपरमाई हाइड्रोपावरको पहिलो वर्षको लाभांश १२.६३ प्रतिशत

Share News

काठमाडौं । सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले पहिलो वर्ष कुल १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

२०७९ फागुन ५ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को खुद मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

भदौ १७ गते साँझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ५० करोड रुपैयाँको आधारमा ३० करोड ५० लाख रुपैयाँ बराबरको बोनस शेयर र २ करोड ८१ लाख ५० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गर्ने जानकारी कम्पनीले दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।