काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको यी शेयर विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलको कार्यालय, थापाथली, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । प्रतिशेयर २१० रुपैयाँ तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संथापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।