काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नोे १९४औंैं शाखा स्याङ्जाको वालिङमा सञ्चालनमा ल्याएको छ । योसँगै गण्डकी प्रदेशमा यस बैंकको शाखा संख्या १५ पुगेका छन् । शाखाको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकलाई उत्कृष्ट सेवा सुविधा दिन स्याङ्जामा पहिलो शाखा सञ्चालनमा ल्याइएको बताए । शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकको छ ।
शाखा सञ्चालनको अवसरमा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवा पहिलो वर्ष नि:शुुल्क प्राप्त गर्न सकिने बताइएको छ । त्यस्तै नि:शुल्क डिम्याट खाता र लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुुल्कमा ५० प्रतिशत छूट उपलब्ध हुने बताइएको छ ।