काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७३ दशमलव ८७ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ६५ लाख ५५ हजार नाफा कमाएकोमा चालू आवमा बढेर रू. १ करोड १३ लाख पुगेको हो । चालू आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा ७३ दशमलव ७२ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा रू. ९३ लाख ६४ हजार रहेकोमा चालू आवमा बढेर रू. १ करोड ६२ लाख पुगेको छ ।
कम्पनीको इम्पेयरमेन्ट चार्ज गत वर्षभन्दा यस वर्ष घटेकाले सञ्चालन नाफा बढेको हो । गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. २ करोड २९ लाख रहेकोमा चालू आवमा घटेर रू. १७ लाख ६० हजारमा कायम भएको छ ।
कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ४ दशमलव ४६ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. १५ करोड ३० लाख रहेकोमा चालू आवमा बढेर रू. १५ करोड ९८ लाख पुगेको हो ।
चुक्ता पूँजी रू. ३१ करोड ९८ लाख रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा रिजर्भमा रू. ९ करोड ८७ लाख, रिटेन्ड अर्निङमा रू. ६२ लाख ९ हजार र शेयर प्रिमियममा रू. ४ करोड ५५ लाख सञ्चिति गरेको छ ।
चालू आवमा कम्पनीको नाफा बढेसँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ७३ पैसा रहेकोमा चालू आवमा बढेर ४ रुपैयाँ ७५ पैसा पुगेको हो । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १२६ दशमलव ४६ छ ।