काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म न्यादी हाईड्रोपावर लिमिटेड १५ करोड ११ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म १५ करोड ८९ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नोक्सानी घटाएको हो ।
यस वर्ष कम्पनीको सञ्चालन नाफा बढेकाले खुद नोक्सानी कम भएको हो । गत वष १९ करोड ७ लाख रुपैयाँभन्दा बढी खुद सञ्चालन नाफा भएकोमा यस वर्ष २० करोड ९८ लाख रुपैयाँभन्दा बढी यो नाफा भएको हो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ छ । जगेडा कोष रकम भने ४९ करोड ४२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।
दीर्घकालीन कर्जा ४ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा भने २५ करोड रुपैयाँ छ । वार्षिक प्रतिशेयर आम्दानी १३ रूपैयाँ ४४ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ६७ रुपैयाँ ५ पैसा छ ।