काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा रू. २ करोड ४ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्कमा तेस्रो त्रैमासको मात्रै रू. १ करोड ३८ लाख छ ।
तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ७ लाख १ हजार नाफा आर्जन गरेको छ । तेस्रो त्रैमासमा मात्रै कम्पनीले रू. ३ लाख ९८ हजार नाफा कमाएको छ ।
तेस्रो त्रैमाससम्ममा अर्थात् चैतसम्म कम्पनीको दाबी भुक्तानी रू. ४ लाख ७३ हजार छ । तेस्रो त्रैमासमा मात्रै कम्पनीले रू. २३ हजार २०० दाबी भुक्तानी गरेको छ ।
चुत्ता पूँजी रू. ५२ करोड ५० लाख रहेको कम्पनीको महाविपत्ति कोषमा रू. २ लाख ६२ हजार र रिटेन्ड अर्निङमा रू. २२ लाख ७ हजार सञ्चिति गरेको छ । अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको महाविपत्ति कोषमा रू. १ लाख ९२ हजार र रिटेन्ड अर्निङमा रू. १५ लाख ८३ हजार सञ्चिति गरेको थियो ।
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ०.१८ रुपैयाँ छ।