तोलामा ३०० रूपैयाँले घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

फाइल तस्वीर ।

Share News

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज तोलामा  ३०० रूपैयाँले घटेको छ । बुधबार प्रतितोला १ लाख ४९ हजार ८०० रूपैयाँमा कारोबार भएको छापावाला सुन आज  १ लाख ४९ हजार ५०० रूपैयाँ निर्धारण भएको छ । बुधबार सनुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो ।

बुधबार प्रतितोला १ लाख ४९ हजार १०० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने १ लाख ४८ हजार ८०० निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ । बुधबार प्रतितोला १ हजार ८९५ मा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ८६० रूपैयाँ निर्धारण भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।