काठमाडौं । नेपालबाट देशबाहिर पढ्न जाने विद्यार्थीको खर्च ४२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार साउनदेखि चैत्र मसान्तसम्ममा नेपाली विद्यार्थीले विदेशमा पढ्न जानका लागी ९५ अर्ब ८५ करोड खर्च गरेका छन् ।
गत वर्षको सोही अवधीमा नेपाली विद्यार्थीले बाहीरी देशमा पढ्न जाँदा ६७ अर्ब १९ करोड खर्च गरेका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुसार यो ९ महीनाको अवधीमा विदेशमा पढ्न जानका लागि ८५ हजार ७४५ जनाले एनओसी(नो अब्जेक्शन लेटर) लिएका छन् ।
मन्त्रालयको अनुसार सबैभन्दा धेरै अर्थात २९ हजार ११९ जनाले एनओसी जापानी भाषाका लागि लिईएको छ । त्यसैगरी, म्यानेजमेन्ट पढ्न जानका लागि १९ हजार ९२५ जनाले एनओसी लिईएको छ ।
यो पनि हेर्नुहोस्:
विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले बढ्यो, १२.५ महीनाको वस्तु तथा सेवा आयात धान्ने