काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर छ । शुक्रवारकै दररेट एकको खरीद दर विक्री दर एक सय ३४ रुपैयाँ २३ पैसा र विक्री दर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
युरोपियन यूरो एकको खरीद दर एक सय ४५ रुपैयाँ ७७ पैसा र विक्री दर एक सय ४६ रुपैयाँ ४२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरीद दर एक सय ७३ रुपैयाँ ३० र विक्री दर एक सय ७४ रुपैयाँ ०७ पैसा, स्वीस फ्रयाङ्क एकको खरीद दर एक सय ५४ रुपैयाँ ६३ पैसा र विक्री दर एक सय ५५ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरीद दर ८८ रुपैयाँ ०८ पैसा र विक्री दर ८८ रुपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरीद दर ९६ रुपैयाँ ३४ पैसा र विक्री दर ९६ रुपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरीद दर एक सय एक रुपैयाँ ३४ पैसा र विक्री दर एक सय एक रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरीददर आठ रुपैयाँ ७९ पैसा र विक्रीदर आठ रुपैयाँ ८३ पैसा, चिनियाँ युआन एकको खरीददर १८ रुपैयाँ ८५ पैसा र विक्री दर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरीद दर ३५ रुपैयाँ ७४ पैसा र विक्री दर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरीद दर ३६ रुपैयाँ ८२ पैसा र विक्री दर ३६ रुपैयाँ ९९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरीद दर तीन रुपैयाँ ९६ पैसा र विक्री दर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरीद दर ३६ रुपैयाँ ५५ पैसा र विक्री दर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरीद दर ३० रुपैयाँ ६६ पैसा र विक्री दर ३० रुपैयाँ ७९ पैसा, साउथ कोरियन वन एक सयको खरीद दर नौ रुपैयाँ ७४ पैसा र विक्री दर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरीद दर १२ रुपैयाँ ५३ पैसा र विक्री दर १२ रुपैयाँ ५९ पैसा र डेनिस क्रोनर एकको खरीद दर १९ रुपैयाँ ५५ पैसा र विक्री दर १९ रुपैयाँ ६४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरीद दर १७ रुपैयाँ २६ पैसा र विक्री दर १७ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरीद दर चार सय ३७ रुपैयाँ ६४ पैसा र विक्री दर चार सय ३९ रुपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरीद दर तीन सय ५६ रुपैयाँ ०२ पैसा र विक्री दर तीन सय ५७ रुपैयाँ ६२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरीद दर एक सय ६० रुपैयाँ र विक्री दर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस