विन नेपाल लघुवित्तले यस वर्ष लाभांश नदिने

Share News

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को मुनाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।

मंसिर १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी सोहीबमोजिम वित्तीय विवरणहरू वार्षिक साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने निर्णय गरेको नेप्सेमार्फत जनाइएको छ ।

अघिल्लो आवको मुनाफाबाट पनि कम्पनीले कुनै पनि लाभांश दिएको थिएन । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।