हालैका हप्ताहरूमा अमेरिकी डलरको विनिमय दरमा देखिएको उच्च उतारचढावले नेपालको अन्तरराष्ट्रिय व्यापारका लागि फर्वार्ड कण्ट्राक्टजस्ता वित्तीय उपकरणहरूको प्रयोगलाई बढाउनुपर्ने देखिएको छ ।
बितेको १ वर्षमा अमेरिकी डलरको विनिमय दरमा सम्भवत: इतिहासकै फराकिलो उतारचढाव देखिएको थियो । ठीक १ वर्षअघि (२०६८ माघ २३ गते) ७८ रुपैयाँ २० पैसा रहेको डलरको विनिमय दर त्यसयता साढे ४ महीनासम्म लगातार उकालो लाग्यो । गत असार ९ र १० गते इतिहासकै उच्च बिन्दु (९१ रुपैयाँ ८८ पैसा) पुग्यो र घट्न थाल्यो ।
यसरी सन् २०१२ मा डलरको विनिमय दरमा अधिकतम १३ रुपैयाँ ६८ पैसाको फराकिलो उतारचढाव देखियो । गत मङ्गलवार विनिमय दर सन् २०१२ को प्रारम्भिक बिन्दुनजिक फर्किएको छ, जुन उक्त उतारचढावको औसत बिन्दुतिर छ । पछिल्लोपटक गत पुस २५ गतेयता डलरको विनिमय दर निरन्तर घट्दो क्रममा देखिएको छ ।
(सम्पादकीयबाट) वर्ष ८, अंक १४०, बुधवार, २४ माघ, २०६९