काठमाडौं । विश्वव्यापीरूपमा हवाई टिकट वितरण गर्ने प्लेटफर्म मल्टी एयरलाइन्सले नेपालमा आधिकारिकरूपमा आफ्नो सेवा शुरु गरेको छ ।
एयरलाइन्सले नेपाली ट्राभल कम्पनी स्ट्रिम ट्राभल सर्भिससँग सहकार्य गरी नेपालमा सेवा विस्तार गरेको हो । गत बिहीवार काठमाडौंमा कार्यक्रम आयोजना गरी नेपालमा सेवा शुरु गरिएको कम्पनीले जनाएको छ ।
एयरलाइन्ससँग विश्वभरका २७५ वटा अन्तरराष्ट्रिय वायुसेवाको टिकट वितरण सञ्जाल छ ।
आगामी दिनमा नेपाली ट्राभल एजेन्सीसँगको साझेदारीमा अन्तरराष्ट्रिय यात्रुलाई नेपालमा सस्तो, सुविधाजनक र आरामदायी यात्रा उपलब्ध गराउने एयरलाइन्सले लक्ष्य लिएको छ ।
कार्यक्रममा ८० भन्दा बढी ट्राभल एजेन्सीका प्रतिनिधि सहभागी थिए । समारोहमा मल्टी एयरलाइन्सका सीईओ क्लिफर्ड क्रिस्टोफर, स्ट्रिम ट्राभल सर्भिसका प्रबन्ध निर्देशक वैभव विक्रम राणा, कन्ट्री म्यानेजर ट्राभलपोर्ट रिजभी रशिदले सम्बोधन गरेका थिए ।