काठमाडौं। विद्युतीय गाडी वुलिङको आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउण्ट्स प्रालिले ‘वुलिङ बिंगुओ ईभी’ नेपालमा भित्त्याएको छ । नेपालमा अत्याधुनिक एवम् पर्यावरणमैत्री विद्युतीय सवारी क्षेत्रमा यस गाडीले नयाँ आयाम थप्ने विश्वास कम्पनीको छ ।
यो गाडीमा ३१ दशमलव ९ किलोवाटको लिथियम–आयन फस्फेट ब्याट्री जडान गरिएको र यसले एक पटक चार्जमा ३३३ किलोमिटरसम्मको सहज एवम् आरामदायी यात्रा गराउने बताइएको छ । ७९० लिटर क्षमताको बुट स्पेस भएको यो गाडी छोटो तथा लामो दूरीको यात्राका लागि उत्कृष्ट ढंगले डिजाइन गरिएको कम्पनीको भनाइ छ ।
रू. ३१ लाख ९९ हजार शुरुआती मूल्य पर्ने यस गाडीको क्षमता, बनोट, सुविधा एवम् प्राविधिक पक्ष अनुसार प्रतिस्पर्धी माझ मूल्य पनि आकर्षक रहेको विश्लेषण गरिएको छ । यो गाडी मिल्क टी, ग्यालेक्सी ब्लू र मूस ग्रीन गरी तीन कलरमा उपलब्ध रहेको बताइएको छ ।