काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एसपावर क्यान इन्फोटेक २०२४’मा अवलोकनकर्ता तथा प्रदर्शनीकर्ताको चहलपहल देखिएको छ ।
करीब १५० स्टल रहेको इन्फोटेकमा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटीभी, हार्ड डिस्क जस्ता उत्पादनका स्टलसमेत छन् ।
गत माघ २५ गते शुरु भएको क्यान इन्फोटेक सोमवार (माघ २९)सम्म सञ्चालन हुनेछ । तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान