युनाईटेड इदी मर्दीको २ लाख ३१ हजार कित्ता बोनस शेयर सूचीकृत

Share News

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमवार (आज) युनाईटेड इदी मर्दी एण्ड आर.वि हाइड्रोपावरको लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको २ लाख ३१ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा गएपछि कारोबार गर्न सकिनेछ । 

कम्पनीले गत फागुन १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव २८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।